फिल्म । कोरोना भाइरसको पहिलो लहर समाप्त भएसंगै बलिउडमा फिल्महरुले डेट घोषणा गरे । झन्डै एक वर्ष देखि रोकिएको फिल्म रिलिजलाई सरल तरिकाले अगाडी बढाउन डेट घोषणा गरियो । मार्चमा लगभग बलिउडका प्राय फिल्मको रिलिज घोषणा भयो । यद्दपी दोस्रो लहर बढेसंगै त्यो रिलिज भएन नै । यतिबेला भारतमा दोस्रो लहरमा केहि राहत मिल्दै गर्दा फिल्महरु रिलिजको लागि तयारी गर्न थालेका छन् ।
यो लिस्टमा सबै भन्दा अगाडी आएका छन् अभिनेता अक्षय कुमार । उनले पहिलो लहरको समयमा बेलायतमा छायांकन गरेको फिल्म ‘बेल बटम’ आउँदो महिना जुलाई २७ मा रिलिज हुने भएको छ । निर्माण पक्षले एक भिडियो सार्वजनिक गर्दै फिल्म रिलिज हुने जानकारी दिएका छन् । थ्रिलर कथामा बन्न लागेको यो फिल्मा सन् १९८० को सेटअपमा तयार गरिएको छ । फिल्ममा अक्षयसँगै लारा दत्त, हुमा कुरेसी , वानी कपूर लगायतको अभिनय रहेको छ । यसलाई ज्याकी भगनानीले निर्माण गरेका हुन् भने रञ्जित एम तिवारीले निर्देशन ।
फिल्म हलमा रिलिज भएको दुईसातामा प्राइम अमेजनमा आउने अनुमान लगाइएको छ । निर्माता ज्याकीले यस अगाडी पनि अमेजन प्राइमसंग ‘कुल्ली नम्बर १’ डिल गरेर रिलिज गरेका थिए । यस फिल्मको पनि ओटीटी रिलिज तय गरेर पहिला हलमा प्रदर्शन गरे तयारी गरिएको हुन् सक्ने अनुमान गरिएको छ । (एजेन्सी)










