अनमोलले प्रमाणित गरे पारिश्रमिक

फिल्म । नेपाली अभिनेतामा सबै भन्दा बढी पारिश्रमिक बुझ्ने कलाकार अनमोल केसी बनेका छन् । फिल्म क्षेत्रमा उनको पारिश्रमिक बारे चर्चा हुँदै आएपनि त्यसलाई प्रमणित गर्ने तथ्य देखिएको थिएन् । यद्यपि उक्त हल्लालाई उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत तिरेको करको रकम खुलाएसँगै सत्य सावित गरेका हुन् ।

निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन् । अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन् । पहिलोपटक कुनै फिल्म अभिनेताले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् ।

कमेन्ट गर्नुहोस्