फिल्म । पछिल्लो समय बि-टाउनको नयाँ जोडी रनबिर कपूर र आलिया भट्ट चर्चामा छन् । यी दुईको अफेयर अपडेट पनि गसिप बनिरहेको छ भने सँगै शुटिङ गरिरहेका फिल्म ‘ब्रह्मास्त्र’ को कारण पनि चर्चामा छन् । सुपरहिरोको लभ स्टोरी भनिएको फिल्मको लागि रनबिर र आलियाले लामो समय दिईरहेका छन् । यसका साथै फिल्ममा शाहरुख खानको केमियो हुने भएको छ । छायाँकनरत फिल्मको सेट शाहरुखले ज्वाइन गरेका छन् ।
उनले यसअघि पनि रनबिरको लिड रोल रहेको फिल्म ‘ये दिल है मुस्किल’ मा केमियो गरेका थिए । फिल्मलाई रनबिरका साथी आयान मुकर्जीले निर्देशन गरिरहेका छन् । आयानले रनबिरसँग वेक अप सिड र एह जवानी है दिवानी जस्ता फिल्ममा निर्देशकको रुपमा काम गरिसकेका छन् । करण जोहरको निर्माण रहेको फिल्म आउँदो वर्ष रिलिज हुनेछ ।
कमेन्ट गर्नुहोस्












