संगीत । मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै गायक कृष्ण कार्कीले नयाँ गीत सार्वजानिक गरेका छन् । यस अगाडी पनि गत दसैँमा उनले आमा लक्षित गीत दर्शक तथा श्रोता माँझ ल्याएका थिए । लिरिकल भिडियो सार्वजनिक गरिएको गीतमा उनले आमाको महत्वलाई दर्साउन खोजेका छन् । संगीतमा उडाउदै गरेका कृष्णले एकपछि अर्को गीत गाएर आफुलाई भर्स्टाइल गायकको रुपमा स्थापित गर्दैछन् ।
सार्वजनिक गीतमा विश्व किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको छ । गीत संगीतमै ५२ वटा विश्व रेकर्ड कायम गर्न सफल यी पहिलो नेपाली गीतकारले यस गीत मार्फत पनि रेकर्ड बनाएका छन् । उनले यसमा सबै भन्दा बढी पटक आमा शब्दको प्रयोग गरेर रेकर्ड बनाएका हुन् । गीतमा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन् । गीतको भिडियोलाई डी आर म्युजिक एन्ड क्रियसनबाट रिलिज गरिएको छ ।










