महंगी साम्राज्ञी

0 Shares

फिल्म । नेपाली फिल्ममा ‘ड्रिम्स’ मार्फत उदाएकी एक्ट्रेस साम्राज्ञी आरएल शाह युवापुस्ता माँझ चर्चामा छिन् । उनले ड्रिम्सपछी अभिनय गरेको फिल्म ए मेरो हजुर २ र इन्टु मिन्टु लण्डनमा बाहेक अन्य फिल्मले सफलता पाउन सकेका छैनन् । गतबर्ष साम्राज्ञी अभिनित २ फिल्म ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए । तर , निर्मातालाई सफलताको स्वाद चखाउन सकेनन् ।

यद्दपी उनको डिमाण्डमा भने कमि आएको छैन । साम्राज्ञीले हालै ‘रेड वाइन’ फिल्म साइन गरेकी छिन् । पहिलोपटक म्युजिक भिडियो मार्फत युवापुस्ता माँझ क्रेज बनाएका अभिनेता पल शाहसँग देखिन लागेकी साम्राज्ञीले महँगो पारिश्रमिक लिएको बुझिएको छ । उनले फिल्मको लागि १२ लाख रुपैयाँ लिएकी हुन् । उनले गत बर्ष काम गरेका दुई फिल्म ‘मारुनी र रातो टिका निधारमा’मा पनि १० लाख माथि नै पारिश्रमिक लिएकी थिइन् ।

यसपटक उनले झन्डै १५ लाख डिमाण्ड गरेकी थिइन् । तर , निर्माण पक्षको आग्रहमा उनि १२ लाखमा फिल्ममा अनुबन्धित भएको बुझिएको छ । कोरोना भाइरसको कारण ठप्प रहेको नेपाली फिल्मलाई चलायमान बनाउन कलाकारहरु पनि उत्तिकै सहयोगी हुनु पर्ने हो । यद्दपी पछिल्लो समय अनुबन्धित भएका अधिकांस कलाकारले आफ्नो पारिश्रमिकमा सहकार्य नदेखाएको गुनासो फिल्म निर्माताहरुको छ । फिल्मको छायांकन अमेरिकामा हुने भनिएको छ । लामो समय यता सञ्चारकर्मसँगै फिल्म निर्माताको रुपमा परिचित रमेश एमके पौडेल यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।

कमेन्ट गर्नुहोस्