सितारामको ‘अल्कोहोलिक लभ’ मा प्रियंका र बिनोद (भिडियो)

26 Shares

संगीत । गायक सिताराम पोखरेलले नया गीत ‘अल्कोहोलिक लभ’ ल्याएका छन् । सार्वजनिक गीतमा सिताराम र मीना निरौलाको स्वर रहेको छ भने यसमा ललिता कुँवरको शब्द र राहुल प्रधानको संगीत रहेको छ । राजेन्द्र कटवालको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की र बिंडो न्यौपाने फिचर्ड छन् । गीतमा दुइको लभलाई अल्कोहोलिक माहोलमा चित्रण गरिएको छ ।

रोमान्टिक भिडियोमा कन्सेप्ट जया शर्माको रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । गीतमा भरत रेग्मीको कलर र सम्पादन रहेको छ भने यसलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । गीतमा प्रियंका र बिनोदसँगै गायक सिताराम र गायिका मीना पनि फिचर्ड छन् । गीतलाई आउंदै गरेको नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो ।

Facebook Comments