स्वस्तिमालाई बधाई , सार्क फिल्म फेस्टिभलमा जितिन् अवार्ड

519 Shares

फिल्म । श्रीलंकामा जारी सार्क फिल्म फेस्टिभलमा सहभागी जनाउनका लागि अहिले नायिका स्वस्तिमा खड्का र निर्देशक दिनेश राउत श्रीलंकामा छन् । किनकी सार्क फिल्म फेस्टिभलमा दिनेश राउत निर्देशित ‘प्रसाद’, र नायिका स्वस्तिमा खड्का अभिनित ‘बुलबुल’ प्रतिस्पर्धामा थिए । उक्त फिल्मको प्रतिनिधित्व गर्दै स्वस्तिमा र दिनेश सार्क पुगेका हुन् ।

यसै बीच स्वस्तिमाले सन् २०१९ को लागि बुलबुल फिल्मबाट बेस्ट पर्फमर अफ द ईयरको अवार्ड जितेकी हुन् । उनले अवार्ड प्राप्त गरे सँगै सोसल मिडिया मार्फत जानकारी गराएकी छिन । यो अवार्ड कुल १२ विधामा हुने गर्छ । स्वस्तिमा अगाडी सार्क फिल्म फेस्टिभलमा नायिका गरिमा पन्तले फिल्म ‘झोला’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

Facebook Comments