वर्षालाई सम्मान

फिल्म । अभिनेत्री वर्षा राउत सम्मानित भएकी छिन । उनलाई एसएस इभेन्ट्सले आफ्नो ५ औँ वार्षिकोत्सव अवसर पारेर एक कार्यक्रमका बिच ‘सेलिब्रेटी गेस्ट अफ अनर’को रुपमा सम्मान गरेको हो । अभिनेत्री राउतलाई नेपाली फिल्मनगरीमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । एसएस इभेन्ट्सका कार्यक्रम निर्देशक प्रविन जोशीले आफुहरु खेलकुदको क्षेत्रमा सकृय भएता पनि नेपाली फिल्म क्षेत्रबाट टाढा नरहेको र आगामी दिनमा नेपाली कलाकारहरुलाई समेटेर केही कार्यक्रम गर्ने योजनामा रहेको बताए । सम्मानित नायिका राउतले स्पोर्टसमा सकृय संस्थाले कलाकारहरुको योगदानको कदर गर्दै आफुलाई सम्मान गरेकोमा खुसि लागेको बताइन् ।

कमेन्ट गर्नुहोस्