उदेशको ‘उदेश्य’

0 Shares

संगीत । काठमान्डौमा एक कार्यक्रमको आयोजना गर्दै गत आइतबार गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । यो जुनीमा तिम्रो हुन् सकिन , किन मायामा यति धेरै चोट हुन्छ , तिम्रो लागि आज म धेरै लगायतका गीतसंगीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका उदेशले नयाँ गीत मार्फत मोडलिङमा समेत आफुलाई प्रस्तुत गरेका छन् ।

उदेशकै स्वर र संगीत रहेको छ भने शब्दमा अर्जुन पासवानले सघाएका छन् । उदेश्य गीतिसंग्रहमा संग्रहित पहिलो गीतको भिडियो सार्वजनिक गर्दै उदेशले क्रमशः गीतहरु भिडियोसँगै सार्वजनिक गर्ने योजना सुनाए । सेन्टीमेन्टल गीतहरु मार्फत परिचित बनेका उदेशले आउँदा दिनमा रोमान्टिक गीत मार्फत पनि दर्शकको माया बटुल्ने विश्वास व्यक्त गरे । ‘केहि समय ग्याप देखियो , यद्दपी अब निरन्तर रुपमा दर्शक माँझ आउनेछु’ उनले आफ्नो योजना प्रस्ट्याए ।

उदेशले आउँदा दिनमा आफ्ना गीतसंगीत मार्फत निरन्तर रुपमा दर्शक तथा श्रोतासंग साक्षात्कार गर्ने बताउदै दर्शकले चाहे अनुसार गीत तयार गर्ने बताए । शब्द , संगीत , एरेन्ज र स्वर समेत भर्ने खुबी रहेका उदेशले संगीता प्रधान राणासँग संगीत सिकेका हुन् । ‘मैले पाएको मायालाई म घट्न दिने छैन । आफ्नो गीतसंगीत मार्फत अब निरन्तर रुपमा दर्शक तथा श्रोतासंग जोडिने छु’ उनले भने ।

उदेशले तिमी मन पर्यो रोमान्टिक शैलीको सरल गीत रहेको बताए । ‘यो प्रेम गर्ने जोडीको भावना हो । सरल तरिकाको गीत लिएर आएका छौं’ उदेशले भने ।गीतमा उनलाई ,माङ्गसा लिम्बु , सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ् दिएकी छिन् । गीतमा छेवाङ्ग लामाको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्