हेमराजको हिरो निश्चल

फिल्म । पछिल्लो समय ‘दि ब्रेकअप’ रिलिजको तयारीमा जुटेका निर्देशक हेमराज बिसी अन्य नयाँ प्रोजेक्टको तयारीमा पनि छन् । उनले प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर फिल्म निर्देशन गर्ने चर्चा बढ्दो छ । उनि यसको पनि तयारीमा छन् । साथै उनले अर्को प्रोजेक्टको पनि तयारी थालेका छन् , जसमा हिरो हुनेछन निश्चल बस्नेत ।

फिल्मको वर्किङ्ग टाइटल ‘लोकल हिरो’ राखिएको छ । कमेडी जनरमा तयार हुने भनिएको काम यसै वर्ष सुरु हुन्छ या अलिपछी यसबारे भने निर्देशक बिसीले बताउन चाहेनन् । पछिल्लो समय निश्चल निर्देशन भन्दा पनि अभिनयमै व्यस्त छन् । उनि आफै पनि चित्त बुझ्दो स्क्रिप्ट नपाउदासम्म निर्देशन नगर्ने बताउछन । ‘म प्रोड्युसर पाएर फिल्म निर्देशन गर्दिन , मलाइ चित्त बुझ्दो कथा चाहिन्छ’ निश्चलले बताए । उनि अभिनित फिल्म प्रसाद यसै साताबाट प्रदर्शनमा आउदैछ ।

कमेन्ट गर्नुहोस्