‘वन्डर वुमन १९८४’ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । हलिउडमा सुपरहिरो फिल्म बनाइरहेको डिसीले ‘वन्डर वुमन’ को नयाँ सिरिज १९८४ को ट्रेलर सार्वजनिक गरेको छ । गल ग्याडटको सुपर हिरो अवतारलाई प्रतीक्षा गरिरहेका दर्शकलाई उनको ट्रेलरले केहि राहत दिएको छ । किनकी फिल्मको रिलिज आउँदो जुनको पहिलो साता हुनेछ । तिन देशको चार लोकेसनमा यसलाई एक हजार भन्दा बढी क्रु लिएर शुटिङ गरिएको फिल्ममा सन् १९८४ को कथा र त्यसबेलाको परिस्थितिलाई देखाइएको छ । प्याटी जेन्किंसको निर्देशनमा तयार फिल्मको सार्वजनिक ट्रेलरलाई रुचाइएको छ ।

३३ वर्षीय ग्याडट सन् २००४ मा मिस इजरायल समेत भैसकेकी छिन भने उनि सन् २०१७ मा रिलिज भएको फिल्म ‘वन्डर वुमन’ को भूमिकामा पहिलो पटक देखा परिन भने त्यहि वर्ष उनि जस्टिस लिगमा पनि उक्त भूमिकामा देखा परेकी थिइन् । ग्याडट सन् २००९ मा रिलिज भएको फिल्म ‘फास्ट एण्ड फ्युरियस’ मार्फत अभिनयमा उदाएकी थिइन् । त्यस यता उनि फास्ट एण्ड फ्युरियस सिरिज , डे एण्ड नाइट , ब्याटम्यान भर्सेस सुपरम्यान : डाउन जस्टिस , क्रिमिनल लगायतका फिल्म मार्फत चर्चामा छिन । ‘वन्डर वुमन १९८४’ सन् २०२० को जुन ५ मा रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्