विवाह गर्दै नेहा र आदित्य ?

संगीत । चर्चित गायक उदित नारायण झाका पुत्र आदित्य नारायण र गायिका नेहा कक्कडको विवाहको चर्चा बढ्दो छ । पछिल्लो समय गायन रियालिटी शो ‘इण्डियन आइडल’ मा आदित्य होस्ट छन् भने नेहा जज । यी दुइको रोमान्टिक दृश्यलाई पनि कार्यक्रममा देख्न पाइन्छ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने आउँदो ‘भ्यालेन्टाइन डे’को दिन यी दुइले लगनगाँठो कस्ने तयारी गरिरहेका छन्। जसको चर्चा बलिउडमा व्यापक रुपमा भइरहेको छ ।

विवाहको कुरा उठेसँगै आदित्यका बुवा उदित नारायणले नेहा कक्कडलाई आफ्नो बुहारी बनाउन सम्पूर्ण परिवारका साथ् इन्डियन आइडलको मन्चमा पुगेका थिए । उदितकाअनुसार, उनलाई नेहा पहिलेदेखि मनपर्ने र उनलाई बुहारीको रुपमा स्वीकार्ने बताएका छन् । कार्यक्रममा नेहाले आदित्यको बुबाआमासँग आशिर्वाद पनि लिएकी थिइन् । यद्दपी यस विषयमा नेहा र आदित्यले आफ्नो प्रतिक्रिया दिएका छैनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्