दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू

फिल्म । नेपाली फिल्ममा पछिल्लो समय रुचाइएको दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्बिरहरू सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक यी तस्बिरहरू ‘रङ्गेली’ छायाङ्कन अवधिका हुन् । यसमा दया र मिरुनाले जोडी बाँधेका छन् । एकपछि अर्को फिल्ममा जोडी भएर प्रस्तुत भइरहेका दया र मिरुनाको दर्शकको प्रिय जोडीमा परेका छन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनासँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यसका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

कमेन्ट गर्नुहोस्