प्रसादको प्रिक्वेल बन्ने

फिल्म । समीक्षात्मक रुपमा राम्रो चर्चा बटुलेको फिल्म ‘ प्रसाद’ को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्माता सुभाष थापाले सामाजिक सञ्जालमा टीम २ भनेर तस्विर सार्वजनिक गरेका छन् । जहाँ प्रसादका लेखक सुशील पौडेल र कलाकार विपिन कार्की पनि छन् । निर्मातासंगै लेखक र कलाकारसंगै हुनुले प्रसादको सिक्वेल वा सिरिजको बन्ने चर्चाले आधिकारिकता पाएको छ ।

यसैगरी तस्विरमा निर्देशक सौरभ चौधरी पनि देखिएका छन् । ‘प्रसाद’ लाई निर्देशन गरेका दिनेश राउत टीममा नदेखिनु र सौरभको उपस्थिति हुनुले उनको प्रवेशलाइ प्रस्ट्याउछ । ‘प्रसाद ‘ मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । यद्दपी यसपटकको कथा विपिन र नम्रताको वरपर रहने बुझिएको छ ।

विपिन निर्माण टीमसंगै रहेता पनि नम्रतासंग भने आधिकारिक सम्झौता नभईसकेको बुझिएको छ । निर्माता सुभाषले कथाले स्क्रिप्टमा पूर्णता पाएसंगै छायांकनमा जाने बताए । ‘हामीले प्राविधिक तथा कलाकारसंग आधिकारिक रुपमा सम्झौता गरेपछि हामी हाम्रो पूर्ण टीमको बारेमा जानकारी गराउने छौँ’ निर्माता थापाले भने ।

कमेन्ट गर्नुहोस्