
फिल्म । आउँदो असोज ३ गतेलाई प्रदर्शन तय गरिएको नेपाली फिल्म ‘खुस्मा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘खुशीका पल बटुलेर’ बोलको गीतमा यसका मुख्य पात्र धीरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन् । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् ।
गीतको भिडियोमा पूर्वी रुकुमका सुन्दर दृश्यहरु कैद गरिएको छ। यस्तै गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् ।अशोक थापामगरको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ । यसमा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
