दुइ सय करोड क्लबमा विक्की

फिल्म । यसवर्ष रिलिज भएको फिल्ममा ‘उरी : द सर्जिकल स्ट्राइक’ ब्लकबष्टर बन्न सफल भएको छ । सन् २०१९ को सुरुवात अभिनेता विक्की कौशलको लागि निकै सुखद भएको छ । गत वर्ष उनले आफ्नो अभिनयको कारण दर्शकको मन जिते भने यो वर्ष उनले बक्स अफिसमा पनि आफुलाई स्टार सावित गरे । पाकिस्तानी आतंकवादीले उरीमा भारतीय सैनिकलाई हमला गरेर छाती पुर्याएपछी भारतले सर्जिकल स्ट्राइक गरेको थियो । सन् २०१६ को सेप्टेम्बरमा भारतले एलओसि कारगिलको छेउमा रहेको पाकिस्तानी भूमिमा प्रवेश गर्दै आफ्नो सेनालाई मार्ने आतंकवादी माथि हमला गरेको थियो । गोप्य रुपमा झन्डै १० दिनमा गरिएको मिसनको कथालाइ दर्शकले रुचाएका छन् । फिल्मले भारतमा राम्रो ब्यापार गरिरहेको छ ।

चौथो हप्ता पार गरिरहदा फिल्मले २ सय ७ करोडको ब्यापार गर्दै सबैलाई चकित बनाएको छ । फिल्मले पहिलो हप्ता ७१.२६ करोड , दोस्रो हप्ता ६२.७७ करोड , तेस्रो हप्ता ३७.०२ करोड र चौथो हप्ता २९.०७ करोडको ब्यापार गर्न सफल भएको हो । यसको ब्यापारले गर्दा विक्कीको स्टारडम निकै माथि पुगेको छ । फिल्ममा विक्की कौशल , मोहित रैना , परेश रावल , यमी गौतम लगायतको अभिनय रहेको छ । फिल्ममा विक्कीले मेजर विहान सिंह शेरगिलको भूमिका निर्वाह गरेका छन् , जसले सर्जिकल स्ट्राइकको नेतृत्व गरेका थिए । फिल्म्लिया भारतमा मात्र नभई नेपालमा पनि उत्तिकै रुचाइएको छ । माउथ पब्लिसिटी राम्रो सुनिएपछी फिल्मलाई हेर्ने दर्शकको चाप हलमा बढ्दो छ ।

कमेन्ट गर्नुहोस्