शिवहरीको ‘लक्का जवान’ मा प्रियंका

फिल्म । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा ‘लक्का जवान’ निर्माण हुने भएको छ । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यो फिल्मलाई शिवहरि पौडेलले निर्देशन गर्न लागेका हुन् । केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू फिल्म हो । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् ।

फिल्ममा दीलिपको छोरीको पनि अभिनय रहने चर्चा चलिरहदा निर्माण टिमले प्रियंका कार्कीलाई अनुबन्धित गरेको छ । प्रियंकाले फिल्ममा हस्ताक्षर गरेकी छिन् । शिवहरीले प्रियंकालाई अनुबन्धित गरेको जानकारी समाजिक सञ्जाल मार्फत गराएका छन् । यसैगरी फिल्ममा जयनन्द लामा पनि अनुबन्धित भएका छन् । फिल्म भाद्रको पहिलो साता देखि फ्लोरमा जानेछ ।

कमेन्ट गर्नुहोस्