जम्प : आइतबार प्रिमियर, शुक्रबार हलमा

फिल्म । डेब्यू निर्देशक आशुतोषध्वज कार्की निर्देशित फिल्म ‘जम्प’आउँदो शुक्रबारबाट प्रदर्शन हुँदैछ । बनिरहेको चलचित्रको तुलनामा फरक देखिएको फिल्मको साताको प्रारम्भ अर्थात् आइतबार प्रिमियर गरियो ।

निर्देशक सुवर्ण थापा, निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेव, लेखक प्रदिप भारद्वाज लगायतले फिल्म हेरेर सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको र हलिउडमा रुचि राख्नेका लागि यो सिनेमा विशेष रुचिकर हुनसक्ने प्रतिक्रिया दिएका थिए । यो बलिउड फिल्म ‘तुम्बाड’ तथा ‘रन लोला रन’ शैलीलाई मन पराउनेहरुका लागि रोजाइको फिल्म हुनसक्ने प्रतिक्रिया प्रिमियरमा सहभागीले बताए ।

‘जम्प’ फिल्मले मनोवैज्ञानिक थ्रिलर शैलीमा कथा भनेको छ । यसले एउटा एथ्लेटिक्स खेलाडीको कथा पेस गर्छ । जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सोलाई पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार चढावको कथा भन्छ।

प्रिमियरपछि बोल्दै निर्देशक कार्कीले आफूलाई प्राप्त प्रतिक्रियाहरुबाट आफू उत्साहित बनेको बताउँदै दर्शकबाट माया पाउने अपेक्षा गरेको बताए। फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्