फिल्म । यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा गीतको लागि प्रेमले गर्ने संघर्षलाई देखाइएको छ । लभ स्टोरी फिल्मको सार्वजनिक टिजरको केन्द्रमा प्रेमसंगै द्वन्द पनि रहेको छ । हिमाली भेगमा छायांकन गरिएको फिल्मको दृश्यले आँखालाई शितलता प्रदान गर्छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशनमा तयार फिल्ममा दुइ सय अगाडीको प्रेमकथामा प्रस्तुत गरिएको छ । फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङले क्रमश प्रेम र गीतको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ । आसुशेन फिल्मस् प्रोडक्सनमा निर्माण भएको फिल्मलाई दर्शकले चैत २८ गते हेर्न पाउनेछन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।










