टोकियो र नागोयामा सफल भयो ‘साकुरा नाइट ३’ (फोटो कथा)

अघिल्ला वर्ष झैँ यस वर्ष पनि साकुरा नाइट भव्य रुपमा सफल भएको छ । गत दुई वर्ष यता जापानको मुख्य सहरमा हुदै आएको यस नाइटको तेस्रो शृंखला ‘साकुरा नाइट ३’ को आयोजना जापनिजहरुको मुख्य पर्व गोल्डेन विकलाई लक्षित गर्दै सुर्य कर्पोरेसनले आयोजना गरेको थियो । टोकियोमा आयोजना भएको कार्यक्रममा चर्चित कलाकारहरु आधुनिक गायक हेमन्त शर्मा, पप गायक कमल खत्री, लोक गायक मिलन लामा, आधुनिक तथा पार्श्व गायिका मिलन अमात्य र कमेडियन सन्दिप क्षत्रीले र बाल कलाकार दिव्या नेपालले आफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शकलाई झुमाउँन सफल भएका थिए ।

सुर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेद्वारा उद्घाटन भएको कार्यक्रमको सँचालन लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए । कर्पोरेसनका ब्राण्ड एम्बेसडर समेत रहेका भट्टराईले कार्यक्रमका साथै कर्पोरेसनको विषयमा पनि उपस्थित दर्शकलाई प्रकास पारेका थिए । टोकियोको सफलतासँगै नागोयामा पनि कार्यक्रम सफल भएको आयोजकले जनाएको छ ।

मे ४ मा नागोयामा कार्यक्रम सम्पन्न भएपछी मे ५ मा ओशाका र ६ मा टोकियो स्थित रोधी क्लबमा कार्यक्रम हुनेछ । ‘जापानमा रहनु भएका नेपालीसँगै केहि जापनिजको पनि राम्रो उपस्थिति रहेको थियो’ इभेन्टका होस्ट भट्टराईले कार्यक्रमको सफलता सुनाउदै भने ‘टोकियो र नागोयामा सफलता पाइसकेका छौ अब ओशाकामा पनि त्यहि अनुरुपमा भव्य गर्ने तयारीमा छौ ।’

टोकियोमा इभेन्टको जिम्मा एवान ईन्टरटेनमेन्टले पाएको थियो भने नागोया र ओशाकामा क्रमस एनआरएन नागोया र नेपोलिएन गाईजले इभेन्टलाई संयुक्त रुपमा म्यानेज गरेका थिए । साथै कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानव सेवा आश्रमलाई सहयोग गरिने कर्पोरेसनका डाईरेक्टर वासुदेव लामिछानेले जानकारी दिएका छन ।

तस्वीरहरु अर्जुन फोटोग्राफी

कमेन्ट गर्नुहोस्