डिसेम्बरमा ‘ब्रह्माश्त्र’

फिल्म । बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ पछि अभिनेता रनबीर कपूर पर्दामा देखिएका छैनन् । रियल लाइफ जोडी आलिया भट्टसंग स्क्रिनमा संगै देखिने फिल्म ‘ब्रह्माश्त्र’ लाई आयान मुखर्जीले निर्देशन गरिरहेका छन् । लामो समय देखि यस्को छायाँकन भईरहेको छ । गत वर्ष नै यसको पहिलो भाग प्रदर्शनमा आउनु पर्ने थियो तर प्राविधिक कारणले आउँन सकेन ।

अब यसको रिलिज डेट यसवर्षको डिसेम्बर ४ लाइ तय गरिएको छ । रनबीर र आलियासंगै फिल्ममा बलिउडका बिग बि अर्थात अमिताभ बच्चनको अभिनय रहेको छ । धर्मा प्रोडक्सनको व्यानरमा करण जोहरको निर्माण रहेको फिल्मलाई दर्शकले पाँच भाषामा हेर्न पाउने छन् । यो फिल्म हिन्दी, तामिल, तेलेगु, मलालय अनि कन्नाडा भाषामा प्रदर्शनमा आउने भारतीय मिडियामा उल्लेख छ । फिल्मको पहिलो भागको प्रदर्शन मिति डिसेम्बरलाई तय भए पनि यसका बाँकी दुई भागको प्रदर्शन अझै तय भइसकेको छैन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्