फ्राइडे रिलिज : ड्रिम गर्ल र कोइला

फिल्म । फ्राइडे रिलिज अन्तर्गत दुई फिल्म ड्रिम गर्ल र कोइला प्रदर्शनमा आएको छ । कोइला अन्तिम समयमा विना जानकारी प्रदर्शनमा आएको हो भने ड्रिम गर्लले आफ्नो प्रदर्शनमिती असोजबाट मङ्सिर ७ मा सारेको थियो । ऋषिराज आचार्यको निर्देशनमा तयार फिल्म मार्फत आश्मा गिरी रजतपटमा डेब्यु गर्दैछिन । फिल्ममा उनको को-स्टार छन् , आकाश श्रेष्ठ ।

निर्देशक आचार्यले यसको नाम देखि नै कठिनाइको समना गर्दै फिल्मलाई तयार गरे । यसमा आकाश र आश्मासँगै विल्सन विक्रम राइ , अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ ।

कमेन्ट गर्नुहोस्