दोहोरो प्रेममा क्याप्टेन ? (भिडियो)

फिल्म । गत शुक्रबार देखि प्रदर्शनरत फिल्म ‘क्याप्टेन’ को नयाँ गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका क्याप्टेन अर्थात् अनमोल केसी दोहोरो प्रेममा देखिएका छन् । दुइ डेब्यु गर्ल उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्टिक मुडमा देखिएका अनमोलको कन्टीन्युटीमा भने निर्माण टिमले ध्यान दिएको छैन । गीतमै अनमोलको दुइ लुक्सलाई देख्न सकिन्छ । गीतमा उनि उपासना र प्रियंकाको मायामा ध्यान दिएका छन् ।

सार्वजनिक गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र नवराज उप्रेतीको छायांकन छ । यो गीतलाई फिल्ममा निर्देशक दीवाकर भट्टराईले कथाअनुसार स्थान दिएका छन् । यो फिल्मको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । निर्माता भुवन केसी हुन् । फिल्ममा सरोज खनाल, सूर्यमाला खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सुनिल थापा, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय छ । फिल्म दोस्रो सातामा प्रदर्शनरत छ ।

कमेन्ट गर्नुहोस्