जेठमा ‘वीर विक्रम २’

फिल्म । अन्तत फिल्म ‘वीर विक्रम २’ को रिलिज डेट घोषणा भएको छ । फिल्मका वीर अर्थात पल शाहको जन्मोत्सवमा निर्माण पक्षले रिलिज डेट घोषणा गरेको हो । फिल्म यसै वर्ष रिलिज हुने चर्चा चलेता पनि अब जेठ ३ मा रिलिज भएको छ । फिल्मक निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्मको लागि उपयुक्त डेट जेठ रहेकाले रिलिज डेट घोषणा गरिएको बताए ।

फिल्ममा वर्षा सिवाकोटी र नाजिर हुसेन पनि लिड रोलमा छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । यसमा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्