दया र अनुप बिनानै ‘विर विक्रम २’ ?

फिल्म । मिलन चाम्स पछिल्लो समय आफ्नो सफल फिल्म ‘विर विक्रम’ को सिक्वेलको तयारीमा छन् । उनले तयारी थालेको फिल्म ‘ब्याचलर बन्टी’ प्राविधिक कारणपछी सरेपछि उनले नेक्स्ट प्रोजेक्ट ‘विर विक्रम २’ को कामलाई अगाडी बढाएका हुन् । कार्तिक अन्तिम साता या मङ्सिर देखि नै छायाँकन प्रारम्भ गर्ने तयारी सहित प्रि-प्रोडक्सनको काम भईरहेको फिल्ममा दयाहाङ राइ भने नहुने भएका छन् । विर विक्रमका विरलाई फिल्ममा अभिनय गराउने कोसिस हुदा पनि शुटिङ्ग सेड्युल मिलन नसकेपछि दया फिल्ममा नहुने बुझिएको छ । उनि सो समयमा माओत्से गुरुङको फिल्मको छायाँकनमा हुने भएकोले यता समय मिलाउन नसकेको बुझिएको छ । यता मिल्ने पनि सेड्युल पछाडी सार्न नमिल्ने भनेपछि कास्टिङमा केहि फेरबदल भएको छ । फिल्ममा आकाश श्रेष्ठ , वर्षा शिवाकोटी , नाजिर हुसेन , बुद्धि तामाङ लगायत रहनेछन । संवत फिल्ममा अनुप विक्रम शाही पनि हुनेछैनन् । उनि विर विक्रममा बिक्रमको भूमिकामा देखिएका थिए । फिल्ममा विर र विक्रम नै नहुने भएपछी फिल्मको नाम ‘वीर बिक्रम २’ नै हुन्छ कि अरु केहि ? यो भने आउदा दिनले नै बताउनेछ ।
कमेन्ट गर्नुहोस्