‘मेरो डिसिजन म आफैँ लिन्छु’ अनमोल केसी

फिल्म । पछिल्लो समयका पपुलर एक्टर हुन् अनमोल केसी । उनको उपस्थितिले मात्र पनि हलमा फिल्म हेर्न दर्शकको भिडभाड हुने गरेको छ । यसैले गर्दा पनि अनमोललाई फिल्मको अफर धेरै नै जानु स्वाभाविक नै हो । उनले जति फिल्ममा अभिनय गरेका छन् , त्यो भन्दा धेरै नै रिजेक्ट गरेका छन् । तर उनले फिल्म सेलेक्ट र रिजेक्ट गर्नुमा उनका पिता तथा सदाबहार अभिनेता भुवन केसीको हात हुन्छ भन्ने चर्चा फिल्मनगरीमा चल्ने गर्छ , तर यसलाई अनमोल स्विकार्दैनन् ।

‘मेरो हरेक निर्णय म आफै गर्छु तर मैले फिल्म एसेप्ट वा रिजेक्ट गर्दा मेरो ड्याडसँग जोडिएर चर्चा हुन्छ , म आफै छक्क पर्छु’ अनमोल भन्छन् ‘डेब्यु फिल्म मार्फत नै एकपछि अर्को सफलता पाउदा अगाडी बढिरहेको छु , त्यसैले मैले गर्ने फिल्ममा धेरै सोच्ने गर्छु ।’ उनले सल्लाह भने पितासँग लिने गरेको बताए । ‘मैले सल्लाह लिन्छु किनकी ड्याडी अनुभवी हुनुहुन्छ तर निर्णय मेरो नै हुन्छ’ अनमोलले अन्तर्वार्ताको क्रममा भने । भुवनले पनि अनमोललाई आफुले फिल्म मात्र नभई अन्य केहि कुरामा हस्तक्षेप नगर्ने गरेको बताए ।

‘मैले उसलाई बाल्यकाल देखि नै केहि कुरामा हस्तक्षेप गरेको छैन तर सल्लाह भने दिन्छु’ भुवनले बताए । उनि अनमोलले धेरै सिक्न बाँकी रहेको बताउछन् । अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ आउदो शुक्रबारबाट रिलिज हुदैछ , जसमा उनि फुटवलरको भूमिकामा छन् । फिल्ममा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् भने यसमा नीरुता सिंह र भुवन केसी विशेष भूमिकामा छन् । अनमोल अभिनित अघिल्ला फिल्मबाट पनि अभिनेत्रीहरुले डेब्यु गरेका थिए । फुटवलरको कथा देखाइएको फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

कमेन्ट गर्नुहोस्