‘कार्की साइँला’ टिमले उद्घाटन गरे ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’

फिल्म । जेन्जी आन्दोलनका क्रममा काठमाडौंको कलंकी र महाराजगञ्जस्थित भाटभटेनीमा आगलागी हुँदा लक्ष्मी ठाकुरले सञ्चालन गर्दै आएका दुई वटा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ जलेर नष्ट भए । तीमध्ये कलंकीस्थित स्टुडियो केही समयपछि नै पुनः सञ्चालनमा ल्याइएको थियो। उक्त स्टुडियो भने आगलागीको ठीक एक वर्षपछि पुनर्निर्माण गरेर पुनः सञ्चालनमा ल्याइएको छ । आगलागी भएको दिनलाई स्मरण गर्दै लक्ष्मीले बुधबार उक्त स्टुडियोको पुनः शुभारम्भ गरेका हुन्।

प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कार्की साइँला’का अभिनेता तथा हास्यव्यंग्य कलाकार जितु नेपाल र सोही फिल्मकी अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ले बुधबार रिबन काटेर स्टुडियोको संयुक्त उद्घाटन गरे। महाराजगञ्ज भाटभटेनीस्थित यो स्टुडियो ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पहिलो फ्रेन्चाइजका रूपमा सञ्चालनमा आएको थियो। पुनर्निर्माणपछि यो ब्रान्डको छैटौँ शाखाका रूपमा सञ्चालनमा आएको हो।

हाल काठमाडौं उपत्यकामा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’का कोटेश्वर भाटभटेनी, पुलचोक भाटभटेनी, कलंकी भाटभटेनी, स्काईवाक कमलादी र भैंसेपाटीमा शाखा सञ्चालनमा छन्। महाराजगञ्जको शाखासमेत पुनः सञ्चालनमा आएसँगै उपत्यकामा शाखाको संख्या ६ पुगेको छ। पुनः शुभारम्भ कार्यक्रममा अभिनेता जितु नेपालले आगलागीबाट जलेको स्टुडियोलाई एक वर्षमै पुनर्निर्माण गरी सञ्चालनमा ल्याउनु लक्ष्मी ठाकुरको साहसिक कदम भएको बताए।

अभिनेत्री प्रियना आचार्यले पनि महाराजगञ्जको १७ वर्ष पुरानो स्टुडियो आगलागीको एक वर्षपछि पुनः स्थापित भएकोमा खुसी व्यक्त गरिन्। उनले आगामी पाँच वर्षभित्र देशभरका सहरमा ५१ वटा शाखा विस्तार गर्ने लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोको योजनाले सफलता पाओस् भन्दै शुभकामना दिइन्। आफूले समेत यो स्टुडियोलाई रोजाइको ब्युटी स्टुडियोका रूपमा लिने गरेको उनले बताइन्।

कमेन्ट गर्नुहोस्