संजयको फिल्ममा कृति ?

फिल्म । यतिबेला बलिउडमा लक्की गर्लको रुपमा कृति सेननको नाम अगाडी आइरहेको छ । उनले अभिनय गरेको फिल्मले बलिउडमा राम्रो कमाइ गर्नुका साथै समिक्षकलाई पनि उत्तिकै मन परिरहेको छ । यिनै कृतिले अब नयाँ प्रोजेक्ट बलिउडका ठुला निर्देशक संजयलीला भन्सालीसंग काम गर्ने भएकी छिन् ।

भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने संजयले नै कृतिसंग काम गर्ने ईच्छा गरेका छन् । पछिल्लो प्रोजेक्टमा नै कृतिसंग काम गर्ने इच्छा भएता पनि संजयले विविध कारणले सकेका थिएनन् । पछिल्लो समय बलिउडमा आफ्नो क्षमतालाई अगाडी बढाई रहेकी कृतिले संजयको कुन प्रोजेक्टमा काम गर्छिन् , त्यो भने आउँदो दिनले प्रस्ट्याउने छ ।

कमेन्ट गर्नुहोस्