‘साईनो’ गीतमा मिरुना र राज (भिडियो)

फिल्म । नेपालकि प्रथम नायिका भुवन थापा चन्दद्वारा निर्मित फिल्म ‘साईनो’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘मायालुलाई जात्रैमा भेटियो’ गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका लिड कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् ।

मिरुना टिपिकल नेपाली भेषभूषामा संवत पहिलो पटक देखिएकी हुन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । चेतन कार्की गीतका रचनाकार हुन् । गीतको भिडियोमा राज र मिरुनाले कोरियोग्राफर रामजी लामिछानेको डान्स स्टेप फलो गरेका छन् । गीतलाई रामेश्वर कार्कीले छायाँकन गरेका हुन् । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् ।

अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । यसमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

कमेन्ट गर्नुहोस्