टीआरपी लिस्टमा सलमान र अमिताभमा को अगाडी ?

जयहोस् । यतिबेला बलिउडका दुईस्टार सलमान खान र अमिताभ बच्चनले सानो पर्दामा पनि आफुलाई प्रस्तुत गरिरहेका छन् । सलमान बिस बोस मार्फत टिभीमा आइरहेका छन् भने अमिताभ कौन बनेगा करोडपतिको नयाँ सिजनमा छन् । यसअघि पनि सलमानले दसका दम संचालन गरेका थिए । बलिउडका यी दुईस्टार टिभीमा आइरहदा लोकप्रियतामा भने पछाडी परेका छन् । अर्थात् ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलले सार्वजनिक गर्ने टीआरपी लिस्टमा सलमान निकै पछाडी परेका छन् । उनि टप फाइभ नभई टप टेनमा पनि अटाएनन । अर्थात् सलमान लिस्टमा १९ औ स्थानमा पुगेका छन् भने अमिताभले तेस्रो स्थान सुरक्षित गरेका छन् । तर बलिउडका यी दुई हस्तीलाई पछाडी पार्दै टेलिफिल्म ‘नागिन ३’ ले पहिलो स्थान ओग्टन सफल भएको छ । विकेन्डमा आउने टेलिफिल्मले बलिउडमा स्टारडम भएका दुई हस्तीलाई भने पछाडी पारेको छ ।
कमेन्ट गर्नुहोस्