बलात्कृत बालिकाको कथामा ‘कोपिला’

फिल्म । पछिल्लो समय नेपालमा बलत्कारको घटना बढ्दो छ भन्दा फरक नपर्ला । किनकी यसवर्ष अहिलेसम्मको घटनाक्रम हेर्ने हो भने त्यस्तै दर्साउछ । यस्तै घटनालाई मुख्य विषयवस्तु बनाएर फिल्म ‘कोपिला’ बन्ने भएको छ । ‘पञ्चायत’ निर्देशक शिवम अधिकारीले निर्देशन गर्ने फिल्ममा १३ वर्षीया बलात्कृत बालिकाको कथा देखाइनेछ । आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । कार्यक्रममा कलाकारहरु सरिता गिरी, गणेश गिरी र सञ्जिवनी खरेलले मुहूर्त सट दिएका थिए ।

८० लाखमा निर्माण हुने फिल्मलाई पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन् । उनलाई लगानीमा करुणकर घिमिरेले सघाएका छन् । गणेश गिरी फिल्मको प्रस्तुतकर्तामा छन् । सुवासराज काफ्ले कार्यकारी निर्माता रहेको यसफिल्ममा समिर मिया, रामेश्वर र मेनुका ढुंगाना सह-निर्माताको रुपमा रहेका छन् । निर्देशक अधिकारीले फिल्म समाजभित्र घटिरहेका घटनामा आधारित रहेको बताए ।

फिल्ममा सरिता, गणेश र सञ्जिवनीसँगै ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको अभिनय रहनेछ । रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत फिल्ममा रहनेछ । चितवन आसपासमा फिल्मको छायांकन गरिनेछ ।

कमेन्ट गर्नुहोस्