फिल्म । आउँदो जेठ २ मा प्रदर्शन हुने फिल्म ‘के घर के डेरा : घर नं २’ सार्वजनिक टिजरमा प्रयोग गरिएका संवादका कारण चर्चामा छ । पृथ्वीलाई नै डेराको रुपमा चित्रण गरिएको फिल्मलले व्यक्तिको जीवन सत्यनजिक हुने तथ्यलाई प्रस्ट्याउने छ । डेरालाई प्रतिविम्वित गदै यस फिल्मले जीवनको सत्यलाई देखाउन खोजेको छ ।
निर्देशक दीपेन्द्र के खनालले आम दर्शकलाई फिल्मको कन्टेन्टले कनेक्ट गर्ने विश्वास व्यक्त गरे । ‘हरेक व्यक्ति, घर र समाजले कुनै न कुनै समय भोग्ने कथा फिल्ममा देखाउने छौँ, त्यसैले यस फिल्मसँग दर्शक सहजै जोडिन्छन् भन्ने लाग्छ’, उनले भने ।
यसको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो फिल्म लेखन हो । यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे लगायत कलाकारलगायतको अभिनय छ । यो फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।











