शहिदको फिल्मको सिक्वेल बन्ने

फिल्म । पछिल्लो समाउ फिल्म ‘कबिर सिंह’ मा बिजी रहेका अभिनेता शहिद कपूरको म्युजिकल लभ स्टोरी रहेको फिल्म ‘इश्क विश्क’ को सिक्वेल बन्ने भएको छ । सन् २००३ मा रिलिज भएको फिल्मलाई दर्शकले रुचाएका थिए भने बक्स अफिसमा पनि राम्रो कलेक्सन गर्न सफल भएको थियो । पछिल्लो समय बलिउडमा धमाधम सिक्वेल बन्न थालेपछि टिप्सका रमेश तौरानीले पनि आफ्नो सफल म्युजिकल लभ स्टोरीको सिक्वेल बनाउने निर्णय गरेका छन् ।

इश्क विश्कमा अमृता राव शहिदको अपोजिटमा थिइन् । केन घोषको निर्देशनमा तयार भएको यसै फिल्म मार्फत शहिदले बलिउडमा इन्ट्री गरेका थिए । निर्माताले फिल्मको सिक्वेल बनाउने तयारी थालिसकेका छन् । फिल्मको कथाको काम भइरहेको छ भने यसको छायाँकन आउँदो वर्षबाट सुरु हुने चर्चा बि-टाउनमा छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्