‘कर्मा’ इन्टरनेट रिलिज

0 Shares

फिल्म । विदेशमा रहेर पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली मध्येका एक हुन् डा. कपिल रिजाल । फिल्म निर्माण र निर्देशनसंगै वितरणमा समेत उत्तिकै सक्रिय डाक्टर रिजाल पेशाले दन्त चिकित्सक हुन् । साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेका छन् ।

ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका पुत्र डा. रिजालले निर्देशन गरेको छोटो फिल्म कर्मा हालै सार्वजनिक गरिएको छ । फिल्मको इन्टरनेट रिलिज गरिएको हो । जस्तो कर्म , त्यसतै फल भन्ने संदेश बोकेको फिल्म हने अंग्रेजी भाषामा रहेको छ । डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो। उनले फिल्म निर्माण कम्पनी केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित फिल्ममा लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरुलाई अभिनय गराएका छन् ।

हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा छन् भने लण्डनकी डेली एलन नायिका रहेकी छिन् । उनीहरुका साथमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन्।

टंक अभिनित नेपाली फिल्म ‘सरौतो’ रिलिज भइसकेको छ । जहाँ उनको कामलाई निकै प्रसंसा गरिएको थियो । उनले पनि यसलाई आफ्नो करियरको महत्वपूर्ण फिल्म भन्दै आइरहेका छन् । सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् । स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । फिल्मको लम्बाई ११ मिनेट २२ सेकेन्डको रहेको छ।

कमेन्ट गर्नुहोस्