यसकारण चर्चामा छिन् करीना

बलिउड । भारतीय फिल्मकी बेबो अर्थात् करीना कपूर खान चर्चा मा रहने अभिनेत्री हुन् । विशेषत विभिन्न गसिपमा आउने करीना पछिल्लो समय आफ्नो पारिश्रमिकको कारण चर्चामा आएकी हुन् । अहिले विभिन्न अभिनेत्रीले लिने पारिश्रमिकको चर्चा हुँदा उनले कती लिन्छिन् त ? यो विषयमा चर्चा हुनु स्वाभाविक हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार करीनाले एक फिल्ममा अभिनय गरेवापात १० देखि १५ करोड भारू पारिश्रमिक लिन्छिन् । पछिल्लो समय फिल्म ‘क्रू’ मा देखिएकी करीनाले बक्सअफिस सफलताको श्रेय पाइन् । त्यसकारण उनको डिमाण्ड बढ्दो छ । उनको प्रदर्शनको क्रममा रहेको फिल्म ‘सिंघम अगेन’ हो ।

कमेन्ट गर्नुहोस्