सेलिब्रेटीले गरे ‘क्याप्टेन’ को तारिफ (भिडियो सहित)

349 Shares

फिल्म । गत शुक्रबारदेखि फिल्म ‘क्याप्टेन’ प्रदर्शनरत छ । पछिल्लो समयका स्टार अनमोल केसीको अभिनय रहेकै कारण फिल्म प्रतिक्षित थियो भने रिलिजपछी यसको विभिन्न पाटोलाई लिएर चर्चा परिचर्चा बढ्दो छ । फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया पनि आइरहेको छ । केहिलाई यसलाई मन पराएका छन् भने केहिले यसमा अध्यनको कमि रहेको औल्याएका छन् । यस्तै मिश्रित प्रतिक्रियाका बीच फिल्मलाई राजधानीमा आयोजित ‘सेलिब्रेटी शो’ मा फिल्मकर्मीले हेरेका छन् ।

आयोजित शोमा फिल्म हेर्नको लागि वरिष्ठ कलाकार हरिवंश आचार्य आफ्नो पत्नी रमिला अचार्यसँग पुगेका थिए भने सिताराम कट्टेल , सरोज खनाल , सूर्यमाला खनाल , कुन्जना घिमिरे , सुनिल थापा , निर्मल शर्मा , दीपिका प्रसाई , पारमिता आरएल राणा , रमेश उप्रेती , बुद्धि तामाङ , नम्रता श्रेष्ठ , सलोन बस्नेत , शोभित बस्नेत , प्रशान्त ताम्राकारसँगै डेब्यु गर्ल उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि फिल्म हेरेका थिए । फिल्म युनिट र सेलेब्सले फिल्मले आफुलाई चित्त बुझाएको बताएका छन् । ‘अनमोल पर्दामा देखिनुनै दर्शकको लागि भिजुअल ट्रीट हो’ नम्रताले भनिन् ‘फिल्म राम्रो बनेको छ , मलाइ यसले उठाएको विषयवस्तुसँगै कथा पनि मन पर्यो ।’

नम्रता झैँ फिल्म हेरेर निस्किएका हरिवंशले पनि तारिफ नै गरे । ‘फिल्मको टेक्निकल पाटोमा केहि कमजोरी होला तर फिल्म राम्रो बनेको छ , यसले दर्शकलाइ हलमा बाधेर राख्छ’ उनले थपे ‘ नेपाली बजेटले यत्तिको फिल्म आट्नु प्रसंसिय छ ।’ फिल्म हेरेर निस्किएकी पारमिताले भने यसले इमोसनल बनाएको बताइन । ‘फिल्मको केहि पार्टले मनमा छुन्छ’ उनले भनिन् ‘कहिँ कतै आँशु नै रोकेर फिल्म हेरे , झन्डै रोइन ।’ फुटवलरको कथा बनाइएको फिल्मले आफ्नो अभियानलाई मदत गरेको धुर्मुस सुन्तलीले बताएका छन् ।

‘हाम्रो अभियान र यो फिल्म एकआपसमा मेल खाएको छ’ धुर्मुस अर्थात् सितारामले भने ‘फिल्मले देखाएको सपनालाई पुरा गर्न सम्पूर्ण नेपाली जुट्नुपर्छ ।’ धुर्मुस झैँ सुन्तलीले फिल्ममा आफ्नो सपना देखिएको बताइन । ‘फिल्मले हामीलाई किन स्टेडियम आवश्यक छ भन्ने जवाफ दिन्छ’ उनले भनिन् ‘फिल्ममा चाहिने सबै किसिमको तत्व मात्र छैन , हाम्रो स्पोर्ट्सलाई अगाडी बढाउन सक्ने तत्व पनि छन् ।’ क्याप्टेनमा केमियो गरेका सलोनले पनि फिल्मको खुलेरै तारिफ गरे । ‘अनमोललाई मैले फस्ट हाफमै फिल्मको समिक्षा दिईसकेको थिए’ उनले थपे ‘अनमोलले आफ्नो अभिनयमा सुधार मात्र ल्याएको छैन , हिरोबाट नेशनल हिरो बनेको छ ।’ रमेशले आफुले धेरैपछी राम्रो फिल्म हेरेको बताए ।

‘सानो तिनो कमीकमजोरीलाई औल्याउँनु हुदैन किनकी हामीसँग सिमित श्रोतसाधन छ’ रमेशले भने ‘स्पोर्ट्स जनरमा भएर पनि जसरि प्रेम र फ्यामिली ड्रामालाई जोडिएको छ , त्यो प्रसंसनिय छ ।’ रमेश झैँ निर्मलले पनि निर्देशक दिवाकरले उठान गरेको विषयको तारिफ गरे । ‘दिवाकरजीले ऐश्वर्य भन्दा राम्रो काम गर्नु भएको छ’ उनले फिल्म हेरेपछि मिडियालाई प्रतिक्रिया दिदै भने ‘फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ अनि निर्देशकले कथा भन्ने शैली मार्फत आफ्नो कामको डिफाइन गर्नु भएको छ ।’

साथै , दीपिका , सुनिल , प्रशान्त , प्रियंका , सरोज , सूर्यमाला , उपासना लगायतले पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको र आफुलाई पनि फिल्म हेर्दा मन परेको प्रतिक्रिया दिए । विशेष गरि फिल्मको भिएफएक्सलाई लिएर विभिन्न प्रश्न तेर्सिरहदा सेलेब्सले फिल्म बारे प्रतिक्रिया दिएका हुन् । फिल्ममा अनमोल फुटवलरको भूमिकामा छन् । यसमा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् भने यसमा नीरुता सिंह र भुवन केसी विशेष भूमिकामा छन् । फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

Facebook Comments