फिल्म । बलिउडको ठूलो फ्रेन्चाइज मानिन्छ ‘धूम’ । सन् २००४ मा सुरु भएको यो फिल्मका हरेक शृंखलाले बक्स अफिसमा आफुलाई अब्बल सावित गरेको छ । नेगेटिभ भूमिका गर्ने कलाकारको चर्चा हुने ‘धूम’ सिरिजको पहिलोमा जोन अब्राहम , दोस्रोमा ऋतिक रोशन र तेस्रोमा आमिर खानले एन्टागोनिस्टको काम गरेका थिए । जोनपछी ऋतिकले उक्त लिगेसीलाई बढाए भने आमिरले फिल्मलाई तिन सय करोड क्लबमा पुर्याए ।
त्यसपछि सबैले ‘धूम ४’ को प्रतीक्षा गरिरहेका छन् । तर, यसबारे निर्माण कम्पनि यशराज फिल्म्सले केही खुलासा गरेको छैन । यद्यपि फिल्मको तयारी थालिएको खबर भारतीय मिडियामा छ । यसको नयाँ अर्थात् चौथो सिरिजमा रनबीर कपूरको चर्चा बढिरहदा विक्की कौशलको नाम पनि जोडिएको छ । फिल्ममा रनबीर एन्टागोनिस्ट र विक्की पुलिस अफिसरको भूमिकामा हुनसक्ने खबर आएको छ ।
साथै, यसमा बलिउड क्विन दीपिका पादुकोणको नाम पनि जोडिएको छ । यशराज फिल्मले दर्शकलाई थप ‘सरप्राइज’ दिन लेडी भिलेनको प्रस्तुत गर्न लागेको चर्चा बि-टाउनमा छ । यशराज फिल्म्सले आफ्नो स्थापनाको ५० औँ वर्ष पुरा गरेको अवसरमा ठुला फिल्म ल्याउने तयारी गरिरहेको छ । ऋतिक रोशनको वारको सिक्वेल , धूमको नयाँ सिरिज , शाहरुख खानको पठानको सिक्वेल लगायतका फिल्म चर्चामा छ । (एजेन्सी)