फिल्म । सलमान खान फिल्म्सले दुइ फिल्म दर्ता गराएका छन् । हरेक इदमा दर्शकमाँझ आउने गरेका सलमान खानलाई ध्यानमा राख्दै उनको कम्पनिले दुइ फिल्म दर्ता गराएका हुन् । दुइ निर्माण हुने फिल्म मध्य एक इदमा रिलिज हुने लगभग तय छ । इण्डयाज मस्ट वान्टेड कप : राधे र इण्डिया पाक टाइटलमा दुइ फिल्म दर्ता भएको खबर भारतीय मिडियामा छ ।
त्यसो त सलमानले ‘राधे’ टाइटलमा फिल्म आउँदो इदमा ल्याउन सक्ने संकेत अगाडी देखि देखिदै आएको छ । सलमानको अभिनय रहेको फिल्ममा तेरे नामको चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा उनले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो ।
झन्डै १४ वर्ष अगाडी आएको यस फिल्मको सिक्वेल बन्ने धेरै नै चर्चा भयो । तर दर्शकले विस्वासिलो मध्यमबाट अझै पनि सिक्वेल बन्ने खबर पाएका छैनन् । सलमान यसमा एक्सन अवतारमा देखिनेछन् । उनले कोरियन फिल्म ‘द आउटलउज’ को हिन्दी रिमेक गर्ने तयारी गरिरहेका छन् भन्ने खबर पनि नआएको होइन यद्दपी फिल्म स्पाइ स्टोरी हुने अनुमान टाइटलबाट नै लगाउन सकिन्छ ।
सलमानको फिल्म ‘तेरे नाम’ हेरेका फ्यान यो फिल्म बन्ने भएपछी भने खुसि भएका छन् । सलमानको व्यक्तित्वलाई यो टाइटलले प्रस्ट्याउने विश्वास सलमानको फ्यानलाइ छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गराउने चर्चा छ । प्रभुदेवाले हालै सलमानको फिल्म ‘दबंग ३’ लाई निर्देशन गरिरहेका छन् । (एजेन्सी)










