सुमीको मेहनत

24 Shares

फिल्म । आउँदो मङ्सिर १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सरौतो’ प्रदर्शनमा आउदै छ । फिल्ममा रिभेन्जको कथा देखाइएको छ । फिल्मको चर्चासँगै लिड क्यारेक्टर सुमी मोक्तानको चर्चा पनि बढ्दो छ । सुमीले फिल्ममा गरेको एक्सनको प्रसंसा भइरहेको छ भने उनले क्यारेक्टरमा तयार हुन् गरेको मेहनतको पनि चर्चा उत्तिकै छ । उनि फिल्ममा बोल्न तथा सुन्न नसक्ने क्यारेकरमा छिन् । तर , उनले अन्याय सह्दिनन । उनले सांकेतिक भाषा सिक्न मात्र झन्डै ८ महिना प्रशिक्षण लिएकी थिइन् । त्यसैगरी एक्सनको लागि मार्सल आर्टको प्रशिक्षण पनि दुइ वर्ष लिएकी थिइन् । नेपालमा आफ्नो क्यारेक्टरलाई लिएर यस्तो मेहनत गर्ने सायदै हुन्छन् । ‘मलाइ आफैलाई लागेको थिएँन कि म यो गर्न सक्छु भनेर तर मसँग आट थियो’ सुमीले भनिन् । उनले फिल्ममा पनि यसै कुरालाई प्रस्ट्याउन खोजिएको बताइन ।

‘यदि हामी सहि काम गर्दैछौं भने हामीसँग आट भए पुग्छ’ उनले भनिन् ,’हामीले अब अन्याय सहने होइन डटेर अगाडी बढ्ने दिन आएको छ ।’ म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी हुमागाईं यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् ।फिल्ममा सुमीसँगै सन्नी सिंह , विजय लामा , युवराज लामा , धिरेन शाक्य , लियो ट्यांक आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।


विज्ञापन

फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । फिल्ममा सिर्जना जोशी महर्जन , लक्ष्मी तामाङ , सुमन थपलिया निर्माता रहेका छन् भने श्री महर्जन सह-निर्माता ।

कमेन्ट गर्नुहोस्