फिल्म । आउँदो फागुन २४ बाट प्रदर्शनमा आउँने फिल्म ‘साङ्लो’ लाई गीतले विवादमा तानेको छ । केहि समय अगाडी रिलिज गरिएको फिल्ममा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतको शब्द चोरिएको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । आफुले लेखेको गीत नसोधेरै फिल्ममा प्रयोग गरिएको र युट्युबमा पनि अर्कैको नाम आएपछि प्रतिलिपि अधिकारको रक्षार्थ उनले उजुरी दिएको बताउछन् । उजुरी पछि फिल्मका निर्देशक, निर्माता तथा कलाकार विराज भट्टले मंगलबार राजधानीमा प्रेसमिटको आयोजना गर्दै आफ्न्का कुरा राखेका छन् ।
‘टेक्निकल त्रुटीका कारण रचनाकारको नाम गलत लेखिएको रहेछ । उहाँको उजुरी पछि हामी भेटेर सहमतिमा विवाद टुग्याउने सोचमा थियौँ’ विराज भन्छन् ,’मैले संगीतकारसँग गीत लिएको हुँ तर बाँकि कुरा मलाइ थाहा थिएँन ।’ उनलाई गीत सुरेश अधिकारीले दिएका हुन् । यस्तै संगीतकार सुरेश अधिकारीले उक्त गीतको सम्पूर्ण अधिकार आफुसँग पनि भएको बताए । अधिकारीले पनि युट्युबमा रचनाकारको नाम गल्तिबस अर्कैको नाम पर्न गएको दावी गरे । यद्दपी उनले आफूसंग भएको अधिकार प्रमाण भने पेश गर्न सकेनन् ।
‘रुद्रप्रिया’को लागि सुदीपले लेखेको गीत त्यहाँ समावेश नभएपछि निर्माण पक्षले नै यसलाई मेरो अधिकारमा सुम्पेको थियो । र मैले ‘साङ्लो’लाई बेचे । उहाँका शब्दमा केहि परिवर्तन पनि भएका छन् । तर, उहाँको नामै नराख्ने मनसायले यस्तो गरिएको होइन ।’ संगीतकार अधिकारीले भने । यद्दपी उनले आफ्नो गल्ती भने स्वीकारेनन् । तर , बुझीए अनुसार सुरेशको गल्तीले यतिबेला निर्माता तथा कलाकार विराज मर्कामा परेका हुन् ।










