‘मायावी’मा जोडिए चन्द्र

फिल्म । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार भईरहेको फिल्म ‘मायावी’मा एक्सन तथा फिल्म निर्देशक चन्द्र पन्त निर्माताका जोडिएका छन् । झण्डै दुई दर्जन बढी फिल्ममा द्वन्द्व निर्देशकका रुपमा काम गरिसकेका चन्द्रले भोजपुरी फिल्म ‘निरहुवा चलल लण्डन’मार्फत निर्देशनमा पाइला चालेका थिए ।

फिल्मको छायाकंन गर्ने तयारी गर्दै निर्माण टिम र कलाकारहरु छायाकंन स्थल मुस्ताङ पुगेका छन् । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक भइरहेको छ ।

प्रेमकथा रहने फिल्ममा दीपिका प्रसाई, पल शाह, सुशील सिटौला, प्रशान्त ताम्राकार, समिम खान, करिश्मा श्रेष्ठ अनुबन्धित भइसकेकी छन् । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ ।

फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

कमेन्ट गर्नुहोस्