फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ्ग’ को बुधवार साँझ प्रिमियर गरिएको छ । राजधानी स्थित आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म हेर्ने अधिकांसले तारिफ गरे । फिल्मले उठा गरेको विषयवस्तु , शिर्ष भूमिकालाई निर्वाह गरेका विपिन कार्कीको अभिनय र डेब्यु निर्देशक विशाल सापकोटाको तारिफ भयो ।
भर्सटायल अभिनेताको रुपमा परिचित विपिनले क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराखेको प्रतिक्रिया प्रिमियर हेरेर निस्किएकाले दिए । फिल्ममा विपिनले ‘सेल्फी किङ्ग’ भूमिका निर्वाह गरेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ ।
फिल्मकै ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी अभिनेत्री केकी अधिकारीले आफुलाई भाग्यमानी ठानिन । ‘म यो टिमसँग जोडिन पाए निकै खुसि छु किनकी यो एउटा राम्रो नेपाली फिल्ममा पर्छ’ उनले भनिन् । उनले यसले कलाकारलाई मात्र छुने नभई , जुनै प्रोफेसनको मान्छेलाई छुने प्रतिक्रिया दिईन् । ‘म कलाकार भएकोले यसले अझै बढी छोएको छ । यसमा कलाकारको भावना र व्यस्थालाई छर्लंग पारेको छ । स्टेज अगाडीको कलाकारलाई त सबैले देख्छ तर स्टेज आउनु अगाडी उसले के कस्तो कुरा भोग्छ त्यसलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ’ उनले भनिन् ।
धेरैपछि हलमा फिल्म हेर्न आइपुगेकी निशा अधिकारीले विषयवस्तुको निकै तारिफ गरिन् । ‘सरल ढंगले जीवनको सार फिल्ममा देखाइएको छ । यतिको फिल्म बन्नु हाम्रो लागि खुसिको कुरा हो । धेरैपछी राम्रो फिल्म हेर्न पाए’ उनले भनिन् । केकी र निशासँगै रहेकी रीमा विश्वकर्माले पनि विपिनको निकै तारिफ गरिन् । ‘विपिनजी जस्तो कलाकार हाम्रो फिल्म नगरीमा हुनुहुन्छ’ उनले भनिन् ,’उँहाको अभिनयले जो कोहीको मन छुन्छ ।’ उपस्थित तिनैले विपिनको तारिफ गरे । विपिनले क्यारेक्टरमा भरेको जीवनसँगै निर्देशक सापकोटा र यस्तो विषयमा लगानी गर्ने दिनेश र सुभाषको तारिफ भयो ।

फिल्म हेर्न भुवन केसी , सन्तोष पन्त , निर्मल शर्मा , जितु नेपाल , केदार घिमिरे , निशा अधिकारी , केकी अधिकारी , आँचल शर्मा , नम्रता श्रेष्ठ , कर्मा , विनय श्रेष्ठ , आर्यन सिग्देल , प्रमोद अग्रहरी , कामेश्वर चौरसिया , दिपेन्द्र के खनाल , सुनिलकुमार थापा , भोलाराज सापकोटा , शोभित बस्नेत , रीमा विश्वकर्मा , सुवास गिरी , सुरेन्द्र पौडेल लगायतका फिल्मकर्मीको उपस्थिति रहेको थियो । फिल्म हेरेका कलाकर्मीले प्रसंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए ।
फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।












