यस्तो बन्यो ‘चित्रा’ पोस्टर

फिल्म । पौष २७ गतेबाट प्रदर्शन गरिने फिल्म ‘चित्रा’को कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मको मंगलबार सार्वजनिक तीनवटा पोस्टरमा सम्बन्ध र द्वन्द्वको मिश्रण छ ।

मुलतः बाबु-छोरीको सम्बन्धको कथामा आधारित रहेको फिल्ममा अर्पण थापा, सन्तोष अधिकारी, प्रमोद अग्रहरी, शुभेक्षा खड्का, मेनुका प्रधान, अञ्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल आदिको अभिनय छ । फिल्मका निर्माता आशिष थापा मगर हुन् भने अभिनेता अधिकारी आफैं कार्यकारी निर्मातामा छन् ।

अजय अधिकारीको कथा तथा मनिष गौतमको पटकथा लेखन रहेको फिल्ममा महेश पौडेलको छायांकन, राजनराज सिवाकोटीको संगीत, महेश पौडेलको छायांकन, बनिश शाह र सन्देश शाहको सम्पादन छ । सन्तोष अधिकारी फिल्म्स एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा बनेको फिल्मको नेपाल वितरणको जिम्मा भने केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।

कमेन्ट गर्नुहोस्