फिल्म । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वतिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् ।
फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले समाजका विभिन्न रङहरु समेटेर ‘वसन्त’ तयार गरेको बताए । ‘रङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ’, उनले उल्लेख गरेका छन् ।
चैत २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने फिल्ममा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । यसको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।










