
फिल्म । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सतीदेवी’ ले सहभागी फिल्म महोत्सवमा अवार्ड जितिरहेको छ । प्रदर्शन अगावै सहभागी भएका सम्पूर्ण महोत्सवले यसले विधागत रुपमा अब्बल सावित गरेको छ । फिल्मले हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण फिल्म फेस्टिभलमा ‘सतीदेवी’ सर्वोत्कृष्ट, लक्ष्मण सुवेदीले सर्वोत्कृष्ट स्कृनप्ले र अभिनेत्री मल्लिका महतले सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड प्राप्त गरेकी छन् । सामाजिक विषयवस्तुमा सञ्चारकर्मी सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममार्फत अभिनेत्री महतले पनि चर्चा बतुलिरहेकी छिन् ।
२०७५ सालमा ‘यात्रा’ फिल्मबाट ठूलो पर्दाको यात्रा सुरु गरेकी मलिकाले त्यसपछि ‘पानी फोटो’ र ‘अगस्त्य’ फिल्ममा अभिनय गरेकी छिन् । प्रदर्शनको हिसावले ‘सतीदेवी’ उनको चौथो फिल्म हुदैछ । साथै, यो उनको शिर्ष भूमिका भएको फिल्म हो । यसकारण पनि अभिनेत्री महतका लागि यो फिल्म महत्वपूर्ण छ ।
‘सतीदेवी’ ले गत माघ तेश्रो साता सौराहमा आयोजीत सौराह दक्षिण एशियाली फिल्म फेस्टिभवलमा सर्वोत्कृष्ट फिल्म र निर्देशक स्व. शिब रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।
पहिलोपटक आफ्नो काम सार्वजनिक हुनु अगावै प्राप्त भइरहेको प्रतिक्रिया हर्षित अभिनेत्री महतले निर्देशक सुवेदीलाई मल्टिट्यालेन्ट निर्देशक भन्दै धन्यवादसहित तारिफ गरेकी छिन् । फिल्ममा कुलबहादुर अधिकारी,सृजना अधिकारी,हर्षिका वली,मञ्जिा बानीयाँ,रमेश बुढाथोकी,भोला सापकोटा,सन्दिपबाबु लोहनी,सन्देश लिम्बू,सुजिता शिवाकोटी,मनिषा सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।
