विवाह गर्दैछन् सलमान ?

जयहोस् । पछिल्लो समय बलिउडमा विवाहको लहर नै चलेको छ भन्दा फरक नपर्ला । किनकी नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोणको विवाह हुदैछ भने डिसेम्बरमा प्रियंका चोपडाले निक जोनससँग विवाह गर्दैछिन । एक पटक फेरी बलिउडमा विवाहको लहर नै चलेको छ । एकपछि अर्को विवाहको खबर आइरहदा बलिउडका भाइजान सलमान खानको विवाहको चर्चा नहुने त कुरै भएन । पछिल्लो समय फिल्म भारतको छायाँकनमा व्यस्त सलमानको विवाहको चर्चा पनि बेलाबखतमा हुने गरेको नै छ । पछिल्लो समय उनि कट्रिना कैफसँग नजिक छन् । बलिउडमा फिल्म ‘मैने प्यार क्यु किया’ मार्फत सलमानले नै कट्रिनालाई लन्च गरेका थिए । त्यसपछी यी दुईको प्रेमको चर्चा पनि केहि समय नचलेको होइन । तर कट्रिनाले आफुलाई रणवीर कपूरको प्रेमिकाको रुपमा सार्वजनिक गरेपछि सलमानसँग सम्बन्ध सकिएको थियो तर पछिल्लो समय उनि सलमानको नजिक छन् । उनीहरूले ‘टाइगर जिन्दा है’मा सहकार्य गरेका थिए । त्यसपछी सलमानले कट्रिनालाई भारतमा पनि कास्ट गरे । पछिल्लो समय एकसाथ समय बिताउन थालेका सलमान र कट्रिना फेरी प्रेममा त छैनन् ? यतिबेला बि-टाउनमा यस्तै यस्तै चर्चा चल्न थालेको छ । केहि भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने सलमानले कट्रिनाको सहमति समेत पर्खिरहेका छन् । यदि कट्रिनाले ‘ओके’ भन्छिन भने सलमानको विवाह सन् २०२० भित्रै हुनसक्छ ।
कमेन्ट गर्नुहोस्