साम्राज्ञीसँग रोमान्टिक मुडमा पुष्प

फिल्म। निर्माणमा सक्रिय रहेका निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु फिल्म ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र पुष्प खड्कालाई रोमान्टिक अवतारमा छन् । स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ । आउँदो पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्त समेतले अभिनय गरेका छन् ।

रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्ती निर्माण गरिसकेका निर्माता पौडेलले ‘तिम्रो मेरो साथ’मा स्वंयमको कथा, गीत समेत लेखेका छन् । आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा पासांग लामाले निर्माण सहकारी गरेका छन् भने सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन । यसमा सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्