‘दर्शकलाई माया बाँडेर स्वागत गरौँ’ : दीपकराज गिरी

फिल्म । अभिनेता, निर्देशक तथा निर्माता दीपकराज गिरीले दर्शकलाई टिकट बाँडेर नभई माया बाँडेर स्वागत गर्न आग्रह गरेका छन् । नेपाली फिल्म उद्योगलाई जोगाउन दर्शकसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै गिरीले यसपटक सबैले यस्तो प्रण गर्नुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यो पालि प्रण गरौँ, दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौँ! फिल्म उद्योग बचाऔँ !’

गिरीको यो भनाइले दर्शकसँग आत्मीय सम्बन्ध कायम गर्दै नेपाली फिल्मप्रति आकर्षण बढाउनुपर्ने सन्देश दिएको छ । फिल्म क्षेत्रको व्यावसायिक सफलता र दीर्घकालीन विकासका लागि दर्शकको विश्वास र साथ महत्त्वपूर्ण मानिन्छ ।

उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘छ माया छपक्कै २’ आजदेखि प्रदर्शन भएको छ । बडादशैँको फूलपातीका दिन असोज ३१ गते शनिबारदेखि प्रदर्शनमा आएको फिल्म दीपेन्द्र लामाको निर्देशनमा तयार भएको छ । रोहित अधिकारी निर्माता रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, कार्म, शनिशा भट्टराई, रिहान गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

पारिवारिक दर्शकलाई लक्षित गरिएको ‘छ माया छपक्कै २’ सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त फिल्म हो ।

कमेन्ट गर्नुहोस्