‘ए मेरो हजुर ४’ घोषित मितीमै होला रिलिज ?

फिल्म । झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’को गत शुक्रबार टीजर ट्रेलर रिलिज गरेको छ । टीजर सार्वजनिक भएसँगै आगामी बैशाख १ गते (अप्रिल १४)लाई प्रदर्शन मिति घोषणा गरिएको छ । पछिल्लो समय नेपाली दर्शकले सर्वाधिक खोज्ने अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित फिल्मको सार्वजनिक टिजरमा प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । सार्वजनिक टीजरमा देखिएको लोकेसनको निकै चर्चा भईरहेको छ ।

संजय लामाको छायांकन रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । शिव रेग्मी तथा सुनिलकै निर्माणमा तयार भएको ‘ए मेरो हजुर’ सफल भएपछि झरनाले यसकै सिरिज मार्फत निर्देशनमा डेब्यु गरेकी हुन् । ए मेरो हजुर २ र ए मेरो हजुर ३ लाई दर्शकले रुचाइ सकेका छन् । यसैले गर्दा पनि यसको चौथो सिरिज दर्शक माँझ प्रतीक्षामा छ । यद्दपी यसको रिलिज डेटले धेरैको ध्यान तानेको छ । बलिउडको प्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’ र कन्नड प्रतिक्षित फिल्म ‘केजीएफ २’ सोहि मितीमा आउने भएपछि डेटलाई लिएर चर्चा हुन् थालेको हो ।

घोषित मितीमै होला रिलिज ? फिल्म ‘ए मेरो हजुर ४’ घोषित मितीमा रिलिज हुन्छ या हुदैन ? यो चासो धेरैलाई छ । किनकी विदेशी ठुला फिल्मसँग नेपाली फिल्मले आउने आट गर्दैनन् । त्यसो त पछिल्लो समय नेपालमा बढ्दो कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनको कारण सो समयमा फिल्म हल के हुन्छ भन्ने यकिन गर्न गाह्रो छ । कोरोना भाइरसओ तेस्रो लहर बढ्दै गर्दा त्यस बेलासम्म अवस्था विस्तारै समान्य भएपनि वा हल ५० प्रतिशत अकुपेन्सीममा भए फिल्म चल्छ त ? यो जिज्ञाषा धेरैलाई छ ।

केहि नेपाली फिल्मले भारतीय तथा हलिउड ठुला फिल्मसँग जुध्ने आट नगरेका होइनन् । यद्दपी वितरकले नै त्यसो हुन् दिएनन् । फलत: पछिल्लो समय नेपाली निर्माताले हलिउड , बलिउडसँगै साउथका ठुला फिल्महरुको डेट हेरेर आफ्नो फिल्म रिलिज गर्ने तय गर्ने गरेका छन् । विदेशी फिल्ममा वितरकको ठुलो पैसा पर्ने भएकाले प्राय वितरकले सो डेटमा नेपाली फिल्म नल्याउन सल्लाह दिने गरेका छन् । यी वितरकले फिल्म हलहरुसँग पनि केहि फिक्स रकम उठाएका हुन्छन् । जसले गर्दा फिल्मले पाउने शो र गर्ने विजनेस बढ्छ । यी सम्पूर्ण बाधा अड्चन फुकाउदै फिल्म रिलिज होला त ? यो चासोकै विषय छ ।

कमेन्ट गर्नुहोस्