सुनील र शान्ती श्रीको ‘गाउँले’ सार्वजनिक (भिडियो)

संगीत । गायक सुनील थापा र शान्ती श्री परियारको आवाजमा रहेको ‘गाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । बिसौनी क्रियशन मार्फत सार्वजनिक गरिएको गीतका शब्दलाई सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन् । गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको भाव समेटिएको छ ।

भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई, रुपा सुनार लगायतले अभिनय गरेका छन् । यस्तै भिडियोलाई उदिराम खड्का र विन्दु खड्काले निर्देशन गरेका हुन् भने सुरज खनाल र विक्रम काउछाले छायांकन गरेका हुन् । साथै भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्